सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

ललितपुर कांग्रेसको संगठन विस्तार, हुमागाई बने जिल्ला सदस्य


प्रकाशित समय: मगलवार, ०५ : ३८ बजे जेठ २८ गते



ललितपुर कांग्रेसको संगठन विस्तार, हुमागाई बने जिल्ला सदस्य

ललितपुर,नेपाली कांग्रेस ललितपुरले विधान बमोजिम जिल्ला कार्यसमिति विस्तार गरेको छ।

 

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १२ को उपधारा ५ ख (२) र धारा १० (ङ) बमोजिम एक जनालाई जिल्ला सदस्य र दुईजनालाई आमन्त्रित सदस्यमा मनोनित गरी कार्यसमिति विस्तार गरेको हो।

 

जसअनुसार नेकपा पार्टी परित्याग गरी भर्खरै नेपाली कांग्रेसमा प्रवेश गरेका रामकृष्ण हुमागाईलाई नेपाली कांग्रेस ललितपुरले जिल्ला सदस्यको जिम्मेवारी दिएको छ।

 

हुमगाई गत २४ गते ललितपुरको लगनखेलमा भएको आमसभामा नेकपा परित्यागको नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।पार्टीमा प्रवेश गरेको एक साता नबित्दै पार्टीको महत्वपूर्ण पदमा जिम्मेवारी दिएको सम्भवतः यो पहिलो घटना हो।

 

त्यस्तै महांकाल गाउँपालिका वडा नम्बर-४ कालेश्वरका तुलप्रसाद तिमल्सिना र वडा नम्बर ६ ठुलादुर्लुङका विनोदप्रसाद अधिकारीलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेको छ।

 

"पार्टीको आदर्श नीति सिद्धान्त र सङ्गठनलाई बलियो बनाउन थप योगदान गर्नुहुने छ भन्ने आशा र विश्वास लिएको छु।" पार्टी सभापति मदनबहादुर अमात्य द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।