सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ आश्विन २०७६ / Saturday, 21 September 2019

विन्जेलमा फैलिएको झाडापखाला विशाक्त खानाका कारण


प्रकाशित समय: मगलवार, ०८ : १८ बजे जेठ २८ गते



विन्जेलमा फैलिएको झाडापखाला विशाक्त खानाका कारण

 सिन्धुपाल्चोक-  बलेफी गाउँपालिका विन्जेलमा फैलिएको झाडापखाला विशाक्त खानाका कारणबाट भएकोे जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बताउनुभएको छ ।

 

झाडापखाला फैलिएको ठाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले विशाक्त खानाका कारण झाडापखाला भएको पुष्टि गरेको उहाँले बताउनुभयो । बिहेमा भोज खाँदा गाउँका १३५ लाई झाडापखाला भएको उहाँले बताउनुभयो ।

 

शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलका छोरीको विवाह थियो । त्यही बिहे भोज खाएपछि महामारी देखा परेको थियो । उनीहरुमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो ।

 

३२ जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन् । अन्य बिरामीलाई गाउँमै स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको छ ।