hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

टाटाले बनाइदियो कूपकन्या माविलाई आधुनिक भवन (फोटोफिचरमा हेर्नुस)


प्रकाशित समय: शुक्रवार, ०८ : ५० बजे जेठ ३१ गते



टाटाले बनाइदियो कूपकन्या माविलाई आधुनिक भवन (फोटोफिचरमा हेर्नुस)

 सिन्धुपाल्चोक- बलेफी गाउँपालिका–६, मांखाको कूपकन्या माविले सुविधा सम्पन्न आधुनिक भवन पाएको छ । २०७२ सालको भूकम्पमा परी कूपकन्या माविको भवन ध्वस्त भएको थियो । २०७२ सालदेखि टहरोमा पढाइ गरिरहेको विद्यालयले नयाँ भवन पाएको हो । 

 

 भूकम्पपछि पुर्ननिर्मित  विद्यालय भवनको बिहीबार हस्तान्तरण तथा उद्घाटन गरिएको छ । पुर्वप्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । 

 

दाहाल भूकम्पपछि २०७२ साल जेठ १९ गते राहत वितरण तथा अस्थायी शिक्षण केन्द्र निर्माणको कार्यक्रम लिएर मांखा पुग्नुभएको थियो ।

 

भूकम्पले ध्वस्त बनाएको उक्त विद्यालय सिप्रदीयन सहायता संस्था र टाटा ट्रष्टको चार करोड रुपैया आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष चित्र बहादुर तामाङले जानकारी दिनुभयो । टाटाले १५ कोठे आधुनिक भवन, ट्वाइलेट, खानेपानीको समेत निर्माण गरेको छ ।

 

विद्यालयको भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा अध्यक्ष दाहाल र यसै क्षेत्रका सांसद अग्नि सापकोटा हेलिकप्टेर चढेर त्यहाँ पुग्नुभएको हो ।

 

कार्यक्रममा बोल्दै दाहाल

 

कार्यक्रममा सहभागी सर्वसाधारण

 

कार्यक्रममा सहभागी सर्वसाधारण

 

प्रमुख अतिथि लगायत अन्य अतिथिहरु