सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ कार्तिक २०७६ / Friday, 18 October 2019

वित्तीय अनुशासन कायम राख्दै कार्यक्रम सञ्चालन गर्न निर्देशन


प्रकाशित समय: बिहिवार, ०८ : २५ बजे असार ५ गते



वित्तीय अनुशासन कायम राख्दै कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौँ-  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वित्तीय अनुशासन कायम हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण स्थानीय तहलाई आज निर्देशन दिएको छ ।

 

मन्त्रालयले कार्यक्रम सञ्चालन गर्दा कुनै कमीकमजोरी रहेको पाइएमा समयमै सच्याउन र आयोजनाका बाँकी कार्य ऐन नियमको परिधिभित्र रहेर गर्न निर्देशन दिएको हो ।

 

कार्यक्रम कार्यान्वयनका क्रममा केही स्थानीय तहले सञ्चालन गरेका आयोजना स्वीकृत कार्यविधि बमोजिम सञ्चालन नगरिएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।