सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ कार्तिक २०७६ / Friday, 18 October 2019

ललित स्मृति फुटबल - एपीएफ विजयी


प्रकाशित समय: मगलवार, ०६ : ४३ बजे असार १७ गते



ललित स्मृति फुटबल - एपीएफ विजयी

 काठमाडौँ, १६ असार-  सशस्त्र प्रहरी बलको एपीएफ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको खेल मैदानमा सोमबार भएको खेलमा एपीएफले थ्री स्टार क्लबलाई ५–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो । एपीएफको जीतमा रन्जन पुनले दुई गोल गरे । उनले खेलको २४ र ७३औँ मिनेटमा गोल गरे ।

 

त्यस्तै विपिन थापामगरले खेलको २१औँ मिनेटमा गोल गर्दा रोशन प्रधानले खेलको ३३औँ मिनेटमा तथा समिरज थोकरले खेलेको ८६औँ मिनेटमा गोल गरे । जीतसँगै समूह बी मा रहेकोे एपीएफले पहिलो खेलबाट तीन अङ्क जोडेको छ ।

 

पराजित थ्री स्टारका लािग दिप्सन राउत र सुमन श्रेष्ठले एक-एक गोल फर्काए । दिप्सनले खेलको ४४औँ मिनेटमा गोल गर्दा सुमनले खेलको ४८औँ मिनेटमा गोल गरे । थ्री स्टारको भने यो पहिलो हार हो ।

 

यसअघि भएको खेलमा थ्री स्टारले मनाङ मस्र्याङ्दी क्लबसँग दुई-दुई गोलको बराबरी खेलेको थियो । दुई खेल खेलेको थ्री स्टारको एक अङ्क छ । एन्फाद्वारा आयोजित उक्त प्रतियोगिताका विजेता टोलीले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पाउनेछ ।

 

प्रतियोगितामा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।