सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ कार्तिक २०७६ / Friday, 18 October 2019

मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो


प्रकाशित समय: बुधवार, ०३ : ३८ बजे असार १८ गते



मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

 भारत - आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ ।

 

स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताउनुभएको थियो ।

 

करीब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त रहेको छ ।

 

अबिरल वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करीब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको मङ्गलबार नै जानकारी दिइएको थियो ।