hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद


प्रकाशित समय: मगलवार, ०७ : ३२ बजे असार २४ गते



सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

लमही-  दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२/१२ वर्ष कैद फैसला गरेको छ ।

 

अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२/१२ वर्ष कैद फैसला सुनाएको हो ।

 

उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२/१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०/५० हजार क्षतिपूर्ति भराउने फैसला भएको । विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

 

आचार्यलाई सफाइ

 

यस्तै अदालते घोराही उपमहानगरपालिका–१५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

 

पुर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पङ्ज्ञानीको इजलासले सफाइ दिएको हो ।

 

घरमा काम गर्न राखेकी एक बालिकालाई पटक–पटक बलात्कार गरेको भनी मुद्दा परेपछि प्रहरीले आचार्यलाई पक्राउ गरेको थियो ।