hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

ओखलढुंगामा बस दुर्घटना, तीनको मृत्यु १५ घाइते


प्रकाशित समय: बुधवार, ०९ : ०० बजे असार २५ गते



ओखलढुंगामा बस दुर्घटना, तीनको मृत्यु  १५  घाइते

ओखलढुंगा –  ओखलढुंगामा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते  छन् ।

 

काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्गको  मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

 

दुर्घटनामा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुलीको कमलामाई नगरपालिकाका लालबहादुर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घाइतेमध्ये चार जनालाई काठमाण्डौ लगिएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ । दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो ।

 

 दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।