सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ कार्तिक २०७६ / Friday, 18 October 2019

सरकार विरुद्ध टायर बालेर नेविसंघको बिरोध


प्रकाशित समय: बुधवार, ०८ : १९ बजे असार २५ गते



सरकार विरुद्ध टायर बालेर  नेविसंघको बिरोध

काठमाडौं - सरकारका पछिल्ला गतिविधि विरुद्ध नेपाल विद्यार्थी संघ आर आर क्याम्पसले आन्दोलन गरेको छ ।

 

मिडिया काउन्सिल बिधयेक,बिषाक्त फलफूल तथा तरकारीको गुणस्तर जाँच नगरी  भारतलाई नेपाल भित्र्याउन स्वीकृति दिएको र नेपालका प्रधानमन्त्री पछिल्ला अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेको नेविसंघ नेता पुष्कर बास्तोलाले बताए  ।

 

भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ । नेपाली जनताको स्वास्थ्यलाई बेवास्ता गर्दै कम्युनिस्ट सरकारले गरेक यो निर्णयलाई कुनै हालतमा कार्यान्वयन गर्न नदिने, नेपाली जनताका लागि नेविसंघ `फ्रन्ट´ मा बसेर आन्दोलन गर्छ भन्दै नेता बास्तोलाले कडा चेतावनी समेत दिए।

 

र्‍यालीसहितको प्रदर्शनमा नेविसंघले ‘जनतालाई विष खुवाउन पाइँदैन’ लगायतका नारा लगाएको थियो। सरकारको  विरुद्ध नेपाल विद्यार्थी सङ ले टायर बालेर बिरोध गरेको थियोे।  हेर्नुहोस् तस्विरमा