सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ कार्तिक २०७६ / Friday, 18 October 2019

आपाङ्गता मैत्री ट्याक्सी भित्¥याउँदै ललितपुर महानगर


प्रकाशित समय: बिहिवार, ०६ : २१ बजे असार २६ गते



आपाङ्गता मैत्री ट्याक्सी भित्¥याउँदै ललितपुर महानगर

ललितपुर,ललितपुर महानगरपालिकाले आपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।

 

ललितपुर महानगरपालिकामा बुधबार आयोजित कार्यक्रममा मेयर चिरीबाबु महर्जनले अपाङ्गता भएकालाई परिचयपत्र दिएर यसको सुरुवात गरेका हुन् । नेपाल सरकारले २०५६ सालदेखि आपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको थियोे ।

 

२०६० सालदे ियो कार्य प्रत्येक जिल्लाका महिला विकास कार्यालयहरुमार्फत गरिदै आएको थियो । परिचयपत्र वितरण कार्यक्रममा मन्तव्य राख्दै मेयर चिरीबाबु महर्जनले आपाङ्गता भएका व्यक्तिहरुलाई महानगरले बार्षिक एकमुष्ठ पाँच हजार रुपैयाँ उपलब्ध गराउने वताए । उनले आपाङ्गता भएका व्यक्तिहरुको समस्याप्रति ललितपुर महानगर अत्यन्तै संवेदनशील रहेको स्पष्ट पारे ।

 

उनले भने, ‘हामी आपाङ्गता भएका व्यक्तिहरुको लागि आवतजावतमा सहजता ल्याउन आपाङ्गता मैत्री ट्याक्सी भित्रयाउने तयारीमा छौं । ’ उनले महनगर कार्यालयलाई आपाङ्गता मैत्री बनाउन लिफ्ट जडानको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले महानगरभित्र बन्ने सबै कार्यालयहरु आपाङ्गता मैत्री हुने बताए ।

 

परिचयपत्र वितरण समन्वय समितिको संयोजक तथा उपमेयर गीता सत्यालले यो परिचयपत्र वितरण कार्यक्रमले महानगरभित्र रहेका आपाङ्गता भएकाहरुको एकीन तथ्याङ्क प्राप्त हुने वताइन् । उनले भनिन्, ‘यो तथ्याङ्क प्राप्त भएपछि महानगरलाई आपाङ्गता मैत्री कार्यक्रम ल्याउन र योजना बनाउन मद्दत पुग्ने छ ।

 

’ उपमेयर सत्यालले महानगर आपाङ्गता भएका व्यक्तिहरुको समस्याहरुप्रति गम्भीर र चिन्तनशील रहेको वताइन् । देशमा संघीयता कार्यान्वयनसंगै अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्यको जिम्मेवारी स्थानीय तहमा आएको हो । त्यही अनुरुप ललितपुर महानगरपालिकाले गएको पौषमा भएको तेस्रो नगरसभाबाट अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण सम्बन्धि कार्यविधि जारी गरेको थियो ।

 

सोही कार्यविधि अनुरुप महानगरले अपाङ्गता परिचयपत्र वितरण सुभारम्भ गरेको हो । असार २५ गतेबाट सुरु भएको यो परिचय पत्र वितरण कार्य प्रत्येक हप्ताको विहिबार हुने ललितपुर महानगरपालिकाले जनाएको छ ।

 

आपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने कार्डलाई रातो, निलो, पहेलो र सेतो गरी आपाङ्गताको स्तरका आधारमा चार प्रकारमा वर्गीकरण गरिएको छ ।

 

शारिरीक, बौद्धिक लगायतका दश प्रकारका आपाङ्गता भएका व्यतिmहरुलाई उनीहरुको स्वास्थ्य परिक्षणका आधारका स्तरको वर्गीकरण गरिने व्यवस्था छ ।