सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ कार्तिक २०७६ / Friday, 18 October 2019

प्रधानमन्त्री रोजगार कार्यक्रम—परोहा नगरपालिकाले ग¥यो सरसफाई कार्यक्रम


प्रकाशित समय: बिहिवार, ०७ : ५८ बजे असार २६ गते



प्रधानमन्त्री रोजगार कार्यक्रम—परोहा नगरपालिकाले ग¥यो सरसफाई कार्यक्रम

 रौतहट-  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगर्त रौतहटको परोहा नगरपालिकाले दुईसय तीन जनालाई रोजगार दिएको छ । परोहा नगरपालिकाले दुई सय तीन जनालाई १८ दिन रोजगार दिएको रोजगार संयोजक सन्दीप शाहले जानकारी दिनुभयो ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत परोहो नगरपालिकामा २६ सय बेरोजगार सूचीमा दर्ता भएका थिए । त्यसमध्ये नगरपालिकाले दुई सय ६० जनालाई सामुदायिक आयोजनाको माध्यमबाट रोजगारी दिने निर्णय गरेको थियो । आयोजना सञ्चालनका क्रममा दुईसय तीन जना मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएका छन् ।

 

कमसेकम ३० दिन रोजगार दिने सरकारको लक्ष्य भएपनि यो नगरपालिकाले १८ दिनमा नै काम गरी योजना सम्पन्न गरेको छ । सडक मर्मत सुधार तथा सरसफाई योजनामा उनीहरुलाई काम दिइएको परोहा नगरपालिकाका रोजगार संयोजक शाहले बताउनुभयो । सडकको नाली सरसफाई, सडक दायाँबायाँ सरसफाइ लगायतका काम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सम्पन्न भएको छ ।

 

आयोजनाले सम्पादन गरेका कामहरु प्रभावकारी तथा नियमित रुपमा सञ्चालन गरेको प्रशासकीय अधिकृत देवनाथ यादवले जानकारी दिनुभयो ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस्ता आयोजनाहरु नियमित रुपमा स्थानीय तहमा सञ्चालन गर्न सके बेरोजगारीदर केही मात्रामा भएपनि घट्ने परोहा नगरपालिकाका मेयर सेख वकिलले बताउनुभयो । हेर्नुहोस् तस्विरमा