सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २४ मंसिर २०७६ / Tuesday, 10 December 2019

पहिरोपीडितलाई उचित राहतको माग गर्दै महांकाल तरुण दलले बुझायो गाउँपालिकालाई ज्ञापनपत्र


प्रकाशित समय: शुक्रवार, ०८ : ३२ बजे श्रावण ३ गते



पहिरोपीडितलाई उचित राहतको माग गर्दै महांकाल तरुण दलले बुझायो गाउँपालिकालाई ज्ञापनपत्र

ललितपुर, मंहाकाल गाउँपालिकाले पहिरोबाट बिस्तापित परिवारलाई बेवास्ता गरिएको भन्दै मंहाकाल तरुण दलले आज गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ।

 

तरुण दलले विभिन्न ६ सुत्रीय माग राख्दै महांकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।

 

तरुण दलले विपतका समयमा जनप्रतिनिधि, कर्मचारी, संघसंस्था युवा तथा महिलाहरूसँग समन्वय नगरी आफुखुसी ढंगले अस्तव्यस्त रुपमा चलेको आरोप लगाएको छ।

 

गाउँपालिका भित्रका जनताको मुख्य आयस्रोतको रुपमा रहेको कृषि तथा पशु पालन पहिरोका कारण क्षति हुँदा गाउँपालिकाले त्यसक्षेत्रमा राहतको सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण गराएको छ। बाढी तथा पहिरोका कारण गोठमा क्षति र पशुपन्छी पुरिएको अवस्थामा गाउँपालिकाले त्यसलाई डिस्पोज गर्ने विषयमा चासो नदिएको आरोप लगाएको छ।

 

छिमेकी गाउँपालिकामा गोठको क्षति तथा पशुको क्षति हुँदा राहतको व्यवस्था गरेको भएपनि यस गाउँपालिकाले कुनै सम्बोधन नगरेको मंहाकाल तरुण दलका अध्यक्ष जिरामान लामाले जानकारी दिए।

 

महांकाल गाउँपालिका भित्रका ६ वटै वडाका सडक सञ्जाल तत्काल खुलाउन र पहिरोबाट क्षति भएका खानेपानी पाइप र पानीको समस्या तत्काल समाधान गर्न तरुण दलले जोडदार माग गरेको छ।

 

अन्तमा ज्ञापनपत्रको ध्यानाकर्षण नभएमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने अध्यक्ष जिरामान लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।