सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २४ मंसिर २०७६ / Tuesday, 10 December 2019

सेवाग्राहीसँग लिएको घुससहित सव–इञ्जिनीयर श्रेष्ठ पक्राउ


प्रकाशित समय: शनिवार, ०७ : १५ बजे श्रावण ४ गते



सेवाग्राहीसँग लिएको घुससहित सव–इञ्जिनीयर श्रेष्ठ पक्राउ

 लहान-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ ।

 

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

 

सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ ।

 

पक्राउ परेका सव– इञ्जिनीयर श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको छ ।