पाल्पा- रम्भा गाउँपालिका–१ हुगीस्थित जनकल्याण माविमा कृषिबाली विज्ञान पढाइ सञ्चालनमा आएको छ । कक्षा ९ देखि १२ कक्षासम्म कृषिबाली विज्ञान पढाइ शुरु भएको हो ।
गाम्रीण क्षेत्रको विद्यालयलबाट प्राविधिक धारको शिक्षा पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई यसै विषयको अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । टाढाबाट बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्रावासको व्यवस्था छ । दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई रम्भा गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको विद्यालयका प्रअ युगराज पन्थले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष भण्डारीले चालू आवमा विद्यालय भवन बनाउनका लागि रु २० लाख र प्राविधिक शिक्षा सञ्चालन गर्न भौतिक सामग्रीका लागि रु चार लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । प्राविधिक धारतर्फ आगामी चार वर्षभित्र चारवटा कोठाको अभाव मेट्नका लागि भवन निर्माण गर्न थालेको हो । कृषिबाली विज्ञानतर्फ पढाइ सकेपछि रोजगार पाउने भएपछि विद्यार्थीको आकर्षण बढ्दो छ ।
यस क्षेत्रमा प्राविधिक धारका कक्षा सञ्चालन हुन नसक्दा यहाँका विद्यार्थी सदरमुकाम तानसेन र जिल्ला बाहिर धाउन बाध्य थिए । रम्भा गाउँपालिकाले कृषिबाली विज्ञान सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि सदरमुकाम तथा जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेका कारण यस क्षेत्रका अभिभावक पनि खुशी भएका छन् ।
गाउँपालिकाले प्राविधिक धारतर्फ कृषिबाली विज्ञान कक्षा ९ देखि सञ्चालन गर्न अनुमति प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । सो विषयमा विद्यालयलाई ४८ विद्यार्थीलाई पढाउन अनुमति दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2019. Local Media Publication Pvt. Ltd. All rights reserved. Maintained by ITtraders Pvt Ltd
प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
aadurga@gmail.com
बजार व्यवस्थापक:
कमल प्रसाद दहाल