सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १९ मंसिर २०७६ / Thursday, 05 December 2019

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुजल नन्द वैद्यद्धारा कोरियामा स्वर्णपदक हासिल


प्रकाशित समय: शनिवार, ११ : ०१ बजे श्रावण १८ गते



अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुजल नन्द वैद्यद्धारा कोरियामा स्वर्णपदक हासिल

काठमाडौ, मित्र राष्ट्र दक्षिण कोरियामा सम्पन्न सिनहान युनिभर्सिटी अन्तर्राष्ट्रिय ताईक्वान्डो च्याम्पियनसिप सुजल नन्द बैद्यले स्वर्ण पदक हासिल गरेका छन्।

 

उनले ५५ केजी तौल समूहमा प्री क्वाटर थाइल्यान्डका खेलाडीले पराजित गर्दै क्वाटर फाईनल तर्फ मलेसियाका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा भियतनामका खेलाडीलाई पराजित गर्दै र फाईनलमा कोरियाका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरेका हुन्।

 

सुजलको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण पदक हो भने एक बर्ष अगाडि थाइल्यान्ड ओपन ताईक्वान्डो च्याम्पियनसिप रजत पदक ल्याएका थिए।नेपालमा भएको राष्ट्रिय प्रतियोगितामा थुप्रै स्वर्ण पदक हासिल गरि सकेका छन्।