सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २४ मंसिर २०७६ / Tuesday, 10 December 2019

करेण्ट लागेर बालकको मृत्यु


प्रकाशित समय: बिहिवार, ०४ : १४ बजे श्रावण २३ गते



करेण्ट लागेर बालकको मृत्यु

बनेपा-  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा आज बिहान करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृृत्यु भएको छ ।

 

रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाइते भएको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताउनुभयो ।

 

“घर नजिकै भएको तरकारी फार्ममा पानी तान्ने बेलामा बच्चा खेल्दै गर्दा नाङ्गो तारमा छोएर करेण्ट लागेर मृत्यु भएको हो ।” भट्टराईले भन्नुभयो, “घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।”