सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ५ भदौ २०७६ / Thursday, 22 August 2019

महिला र बालकको शव फेला


प्रकाशित समय: शनिवार, ०७ : ४३ बजे श्रावण २५ गते



महिला र बालकको शव फेला

दमौली-  तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ ।

 

नदी किनारमा शुक्रबार अन्दाजी २५-२६ वर्षीया महिला र छ-सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

 

मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन ।

 

नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।