सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २४ मंसिर २०७६ / Tuesday, 10 December 2019

गाँजाखेती नष्ट गर्दै प्रहरी र जनप्रतिनिधि


प्रकाशित समय: शनिवार, ०७ : २७ बजे श्रावण २५ गते



गाँजाखेती नष्ट गर्दै प्रहरी र जनप्रतिनिधि

ललितपुर,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँको सक्रियतामा आज ठूलो मात्रामा गाँजा फडानी गरिएको छ।

 

गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलका विभिन्न स्थानमा करिब ८ टन गाँजाका बोट बिरुवा नष्ट गरिएको हो।

 

प्रहरी निरीक्षक श्याम कुमार कटवालको नेतृत्वमा गएको टोलीले उक्त परिमाणको गाँजाका बोट र विरुवा नष्ट गरेका हुन् ‌।

 

बाडेगाउँ प्रहरीले यसअघि गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चापाखर्कमा पनि यस्तै अभियान चलाएर ठूलो परिमाणमा गाजाँका बोटबिरुवा नष्ट गरेको थियो।

 

युवायुवतीहरुलाई लागु पदार्थ एवं दुर्बेसनी बाट टाढा राख्न र जनचेतना जगाउन गाँजा फडानी लाई तीव्रता दिइएको प्रभागका प्रहरी निरिक्षक श्याम कुमार कटवालले जानकारी दिए।

 

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष मुकुन्द पहरी स्थानीय युवाहरूको समेत सहभागिता रहेको थियो।