सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ५ भदौ २०७६ / Thursday, 22 August 2019

ग्लोबल युनियन इण्डष्ट्रीअल नेपाल परिषद अध्यक्षमा तेज रिजाल


प्रकाशित समय: शनिवार, ०९ : ११ बजे श्रावण २५ गते



ग्लोबल युनियन इण्डष्ट्रीअल नेपाल परिषद अध्यक्षमा तेज रिजाल

 काठमाडौ-ग्लोबल युनियन इण्डष्ट्रीअल नेपाल आबद्ध परिषद् अध्यक्षमा तेज प्रसाद रिजाल चयन भएको छन् ।

 

रिजाल नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध इम्ब्रोईडरी हस्तकला तथा सिलाई बुनाई श्रमिक संघका अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । इण्डष्ट्रीअल विभिन्न प्रकृतिका कलकारखाना तथा उद्योगमा कार्यरत श्रमिकहरुको अन्तर्राष्ट्रिय महासंघ हो । जसमा विश्वभरिका १४० भन्दा बढी देशका पचास लाख श्रमिकहरु आबद्ध छन् । 

 

नेपालबाट ट्रेड युनियन कांग्रेसमा आबद्ध संघहरु नेपाल कारखाना श्रमिक संघ,नेपाल गलैंचा श्रमिक संघ,नेपाल गार्मेन्ट मजदुर संघ र इम्ब्रोइडरी हस्तकला तथा सिलाई बुनाई श्रमिक संघ, जिफण्टबाट जुट,गार्मेन्ट,कार्पेट ,टेक्सटायल मजदुर युनियन,समग्र उद्योग ट्रेड युनियन नेपाल,नेपाल सफाई कर्मचारी युनियन,नेपाल अटो मोबायल मजदुर युनियन , अन्टुफबाट नेपाल औद्योगिक मजदुर संघ ,अखिल नेपाल गलैंचा मजदुर संघ र अखिल नेपाल अटो मोबायल मजदुर संघ इण्डष्ट्रीअलमा आबद्ध रहेका छन् ।