सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ५ भदौ २०७६ / Thursday, 22 August 2019

गोदावरी जंगलमा भिरबाट लडेर एक जनाको मृत्यु


प्रकाशित समय: आइतवार, ०५ : ३७ बजे श्रावण २६ गते



गोदावरी जंगलमा भिरबाट लडेर एक जनाको मृत्यु

ललितपुर, ललितपुरको गोदावरी जंगलमा घुम्न गएका एक युवाको भिरबाट खसेर मृत्यु भएको छ।

 

गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित जय भद्रे सामुदायिक वन हुँदै घुम्न गएका तीनजना युवामध्ये एकजनाको भीरबाट खसेर मृत्यु भएको हो।

 

खोटाङ जिल्ला डुम्रे धारापानी घरभई ललितपुर बस्ने वर्ष १७का सुबास सुनुवारको हिजोराती घुम्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवालले जानकारी दिए।

 

घटना हिजोराती नै भएको भए पनि प्रहरीलाई बिहानमात्र जानकारी आएको निरीक्षकले बताए। मृतकको शवलाई आफन्तको जिम्मा लगाई पोष्टमार्टमकालागि पाटन अस्पताल लगिएको निरीक्षक कटवालले जानकारी दिए।

 

उनीसँगै घुम्न गएका उदयपुर घरभई सुनाकोठी बस्ने वर्ष १६ का अभिषेक माझी र भारतको मोतिहारी घर भइ चापागाउँ मोड बस्ने वर्ष १४ का राकेश बैठालाई उनीहरुका परिवारका साथ महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको निरीक्षक कटुवालले जानकारी दिए।