सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ भदौ २०७६ / Wednesday, 21 August 2019

गोदावरी नगरपालिकाद्वारा आ.ब.२०७५/०७६ मा साढे चौध करोड राजश्व संकलन


प्रकाशित समय: आइतवार, ०९ : ०२ बजे श्रावण २६ गते



गोदावरी नगरपालिकाद्वारा आ.ब.२०७५/०७६ मा साढे चौध करोड राजश्व संकलन

ललितपुर,गोदावरी नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा करिब साढे १४ करोड राजस्व संकलन गरेको छ।

 

नगरपालिकाले एक वर्षको अवधिमा १४ करोड ४२ लाख ५० हजार २ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको गोदावरी नगरपालिका राजस्व शाखाका प्रमुख श्रीराम आचार्यले बताए।

 

नगरपालिकाले ३ करोड ४२ लाख ५० हजार २ सय ५७ रुपैयाँ राजस्व लक्ष्य भन्दा बढी संकलन गरेको हो।जुन लक्ष्यभन्दा बढी २३ दशमलव ७४ प्रतिशतले बढी हो।

 

अाचार्यका अनुसार नगरपालिकाले ११ करोड मात्रै राजस्व संकलन हुने लक्ष्य राखेको थियो। नगरपालिकाले सबैभन्दा बढी ढुंगागिट्टी ठेक्काबाट ५ करोड ५० लाख ४५ हजार २६ रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यस्तै घरबहाल कर बाट १ करोड १ लाख ९४ हजार ४ सय ९५ रुपैया राजस्व संकलन गरेको छ।

 

त्यस्तै पानीजन्य उद्योगबाट ४१ लाख २ हजार ६ सय ५० रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ।

 

१४ वटा वडा रहेको नगरपालिकामा सवैभन्दा बढी राजस्व संकलन वडा नम्बर १४ ठैबले गरेको छ। वडाले ३२ लाख २९ हजार ६ सय ६२ रुपैयाँ राजश्व संकलन गरेको छ।

 

नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा १५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको राजस्व शाखाका प्रमुख श्रीराम आचार्यले जानकारी दिए।