सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २८ मंसिर २०७६ / Saturday, 14 December 2019

युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा पशु प्राविधिक पक्राउ


प्रकाशित समय: सोमवार, ०७ : २१ बजे श्रावण २७ गते



युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा पशु प्राविधिक पक्राउ

रुकुमपश्चिम-  एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक विष्णु खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।

 

खड्काले आइतबार स्थानीय एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोप छ । उनको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । ती युवतीले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।

 

युवतीको अवस्था खतरामुक्त छ ।