सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २४ मंसिर २०७६ / Tuesday, 10 December 2019

मापसे गरी सवारी चलाउने आठ हजार चालक पक्राउ


प्रकाशित समय: सोमवार, ०८ : १३ बजे श्रावण २७ गते



मापसे गरी सवारी चलाउने आठ हजार चालक पक्राउ

कोलम्बो-  मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा श्रीलङ्कामा आठ हजार जनालाई पक्राउ गरिएको छ ।

 

प्रहरीले सुरु गरेको विषेश कारवाही अभियानका क्रममा पछिल्ला केही हप्तामा उनीहरु पक्राउ परेको अधिकारीहरुले जनाएका छन् । गत जुलाई ५ देखि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कारबाही गर्ने विषेश अभियान देशव्यापी सञ्चालन गरेको छ । प्रहरीले सोमबार जारी गरेको वक्तव्यमा अहिलेसम्म ८ हजार १४७ जनालाई पक्राउ गरिएको उल्लेख छ ।

 

सवारी चालकहरुले मादक पदार्थ सेवा गरेको वा नगरेको परिक्षण गर्न देशभरीका सडकहरुमा हजारौँ प्रहरीको विषेश टोली खटाइएको छ । प्रहरी प्रवक्ता एसपी रुवान गुणसखरले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २५ हजार श्रीलङ्काली रूपैँया जरिवाना हुने जानकारी दिनुभयो ।

 

श्रीलङ्कामा गत बर्ष सवारी दुर्घटनाका कारणले मात्रै तीन हजार व्यक्तिको मृत्यु भएको तथ्याङ्क देखिएपछि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गराउन लागेको हो ।