सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ भदौ २०७६ / Wednesday, 21 August 2019

किर्ते गर्ने कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश


प्रकाशित समय: मगलवार, ०९ : २५ बजे श्रावण २८ गते



किर्ते गर्ने कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

काठमाडौँ-  उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।

 

उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।

 

सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले  एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो ।

 

उहाँहरुले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको ठहर भएको छ ।