कावासोती- पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने भएको छ ।
बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताउनुभयो । पुलमा थप क्षति नपुगे काम शुरु गरेको १५ दिन सम्ममा मर्मत सम्पन्न गर्न सकिने इञ्जिनीयर सुवेदीले बताउनुभयो ।
पुलबाट गाडी गुडाउदा थप क्षति पुगेमा मर्मतका लागिसमेत धेरै समय लाग्ने उहाँले बताउनुभयो । पुलमा अहिले ठूला सवारी चलाउन रोक लगाइएको छ । साना गाडीसमेत भारयुक्त गाडी लगेमा पुलमा थप क्षति पुग्ने सक्ने र यसले मर्मतमा समेत समय धेरै लाग्न सक्ने इञ्जिनीयर सुवेदीले बताउनुभयो । सडक विभागका कर्मचारीको टोलीले अहिले डाइभर्सनलाई मजबुत बनाउन लागि परेका छन् ।
सामान्य रुपम एकतर्फी रूपमा डाइभर्सनबाट सवारी आवतजावत गर्न सक्ने बुधबार नै बनाए पनि आज दुईतर्फी रूपमा डाइभर्सनबाट सवारी चल्न सक्ने बनाइएको छ । इञ्जिनीयर सुवेदीका अनुसार डाइभर्सनका दुवै छेउमा ढुङ्गाका जाली भर्ने कामसमेत गरिने छ । बिहीबार र शुक्रबार डाइभर्सन मजबुत बनाउन लाग्ने हुँदा शनिबारबाट पुल मर्मतको काम शुरु गरिने उहाँले बताउनुभयो ।
पुल मर्मतका लागि आवश्यक सामग्रीको अभाव नभएकाले समयमै मर्मत हुने इञ्जिनीयर सुवेदीले बताउनुभयो । अघिल्ला वर्षमा नवलपुरका लोकाहा, बौलाहा र जयश्री खोलाका पुलमा क्षति पुग्दा लामो समयसम्म मर्मत हुन नसकी डाइभर्सनबाट नै यातायात सञ्चालन गरिएको थियो । अरुणखोला पुल भाँचिएपछि अहिले सो क्षेत्रमा डाइभर्सनबाट यात्रा गर्नसमेत घण्टौ लाग्ने गरेको छ ।
डाइभर्सनको दुवैतर्फ झण्डै पाँच-पाँच किलोमिटर सवारीको लाइन लागेको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताउनुभयो । आज डाइभर्सनलाई दुईतर्फि बनाउन लाग्दा यातायात धेरै रोकिएको उहाँले बताउनुभयो ।
सवारीको अव्यवस्थित लाइन लागेकाले अहिले अरुणखोलाको भिड छिचोल्न सवारीलाई झण्डै तीन चार घण्टा लाग्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2019. Local Media Publication Pvt. Ltd. All rights reserved. Maintained by ITtraders Pvt Ltd
प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
aadurga@gmail.com
बजार व्यवस्थापक:
कमल प्रसाद दहाल