सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ३१ आश्विन २०७८ / Sunday, 17 October 2021

साहस उर्जाको आईपीओ बिक्री खुला



प्रकाशित समय: बुधवार, ०४ : ०२ बजे आश्विन ६ गते



साहस उर्जाको आईपीओ बिक्री खुला

काठमाडौँ, ६ असोज।साहस उर्जा लिमिटेडले असोज ६ गते बुधबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 


 
न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिन्छ । साहसको आइपीओ असोज १० गतेसम्म भर्न सकिन्छ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् । 
 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आइपीओ बिक्रीपछि यसको कुल सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।