सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २३ मंसिर २०७६ / Monday, 09 December 2019

इम्ब्रोईडरी श्रमिक संघले गर्‍यो सिलाई कटाई तालीम


प्रकाशित समय: शुक्रवार, ०३ : २२ बजे श्रावण ३१ गते



इम्ब्रोईडरी श्रमिक संघले गर्‍यो सिलाई कटाई तालीम

 मोरङ- नेपाल इम्ब्रोईडरी हस्तकला तथा सिलाई बुनाई श्रमिक संघ मोरङ जिल्लाले ३ महिने आधारभुत सिलाई कटाई तालीम सम्पन्न गरेको छ ।

 

आर्थिक अवस्था कमजोर भएका कानेपोखरी -३ , दलेलीका स्थानीय ३० जना महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिम संचालन गरेको संघका जिल्ला अध्यक्ष सहवाज हकले बताउनु भयो ।

 

तालीम पुरा गरि प्रमाणपत्र वितरण समारोहमा नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले कुनै पनि काम सानो ठुलो नहुने भएकोले श्रमको सम्मान गर्‍यो भने मात्र आर्थिक विकास सम्भव हुने बताउनु भयो ।

 

प्रदेश-१ का अध्यक्ष नारायणबाबु कार्कीले ट्रेड युनियन कांग्रेसको तर्फबाट तालिम पुरा गरेका प्रशिक्षार्थीहरुलाई सिलाई मेसिन हस्तान्तरण गर्नु हुदै साधारण भन्दा साधारण जनताहरुको जिवनस्तर उठाउनु नै ट्रेड युनियन कांग्रेसको मुख्य सपना रहेको बताउनु भयो ।

 

मोरङ जिल्ला अध्यक्ष शुशिल कोईरालाले श्रमजीवीहरुको सर्वाङिगण विकास र हक अधिकारका लागी ट्रेड युनियन कांग्रेस जन्मेको बताउनु भयो ।

 

कार्यक्रममा प्रदेश-१ का सचिव सुमन अधिकारी,मोरङ कोषाध्यक्ष केशव बस्नेत, महिला समिती सचिव अन्जु दाहाल,जिल्ला युवा अध्यक्ष रिनाबाबा श्रेष्ठ लगायत उपस्थित थिए ।