सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ३१ आश्विन २०७८ / Sunday, 17 October 2021

रोकिएको बजेट खर्च आजबाट नियमित हुने



प्रकाशित समय: शुक्रवार, ०९ : ४४ बजे आश्विन ८ गते



रोकिएको बजेट खर्च आजबाट नियमित हुने

काठमाडौँ।८ दिनदेखि रोकिएको बजेट खर्च आजबाट नियमित हुने भएको छ ।

 

चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो प्रमाणीकरण भएपछि बजेट खर्चको बाटो खुलेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि सभामुखले हिजो राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । हिजो साँझ बजेट विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

आजबाट सरकारलाई खर्च गर्न सजिलो भएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले बताउनुभयो । गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेको थियो ।