सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ३१ आश्विन २०७८ / Sunday, 17 October 2021

थप १,४७६ जनामा कोरोना संक्रमण पुष्टि, १,५५० संक्रमित कोरोनामुक्त



प्रकाशित समय: शुक्रवार, ०४ : ५६ बजे आश्विन ८ गते



थप १,४७६ जनामा कोरोना संक्रमण पुष्टि,  १,५५० संक्रमित कोरोनामुक्त

काठमाडौं, ८ असोज । नेपालमा शुक्रबार १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १० हजार ५ सय ७५ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ३ र ५ हजार १ सय १५ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८१ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ५ सय ५० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५८ हजार ५ सय ४ संक्रमित निको भएका छन् । हाल नेपालमा २० हजार २ सय ८७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।