सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ३१ आश्विन २०७८ / Sunday, 17 October 2021

थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि, १,३७१ संक्रमित कोरोनामुक्त



प्रकाशित समय: शनिवार, ०५ : ५१ बजे आश्विन ९ गते



थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि, १,३७१ संक्रमित कोरोनामुक्त

काठमाडौँ, ९ असोज ।नेपालमा शनिबार थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ७ हजार ५० पिसिआर परिक्षणका क्रममा ७ सय ९० जना र ३ हजार ५ सय २९ एन्टीजेन परिक्षणका क्रममा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनााको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै १३ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १९ हजार ७ सय सक्रिय संक्रमित आइशोलेन र २ सय ३७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।