सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

विश्व शिक्षक दिवसमा बज्रबाराहीका शिक्षक सम्मानित

प्रकाशित समय: बुधवार, ०६ : १५ बजे आश्विन २० गते



विश्व शिक्षक दिवसमा बज्रबाराहीका शिक्षक सम्मानित

ललितपुर,अक्टोबर ५ विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरी संसार भर मनाइएको छ।यसै क्रममा  नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरले विश्व शिक्षक दिवसका अवसरमा आसन्न चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान तथा शैक्षिक व्यक्तित्व सम्मान गरि मनाएको छ।

नेपाल शिक्षक महासंघका निवर्तमानराष्ट्रिय  अध्यक्ष EI प्यासिफिकका बोर्ड मेम्बर बाबुराम थापाको प्रमुख आतिथ्यता तथा शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख गणेशप्रसाद ढकालको विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा बज्रबाराही नमूना माविका शिक्षक नवराज सञ्जेललाई शैक्षिक उनन्नयमा विषेश योगदान गरेको भन्दै ललितपुर संगठनले सम्मान गरेको छ।

लेखन तथा अभियान मार्फत शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको निरन्तरताको कामना गरिएको संगठन ललितपुरका अध्यक्ष सुरेन्द्रकुमार घिमिरेले जानकारी दिनु भयो ।
सञ्जेल बज्रबाराही नमूना माविका प्रशासन सहायक समेत हुनुहुन्छ ।