सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ६ फाल्गुन २०८२ / Wednesday, 18 February 2026

एमाले माओवादी निकट विद्यार्थी संगठनद्वारा विद्यालयमा तालाबन्दी

प्रकाशित समय: बिहिवार, ०८ : ५० बजे पुष ६ गते



एमाले माओवादी निकट विद्यार्थी संगठनद्वारा विद्यालयमा तालाबन्दी

ललितपुर ६,पुस । एमाले माओवादी निकट विद्यार्थी संगठनले बिहीबार महाङ्काल माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

 

दक्षिण ललितपुरको महांकाल गाँउपालिका वडा नम्बर ३ मा अवस्थित विद्यालयमा उनीहरुले विभिन्न माग राखी तालाबन्दी गरेका हुन्।

उनीहरुले आज ज्ञापनपत्र बुझाउँदै विद्यालयका प्रधानाध्यापक केशव घिमिरेको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै तीनभित्र तत्काल राजीनामा नदिए अझ सङ्घर्षका कार्यक्रम अगाडि बढाउने भन्दै संगठनले तालाबन्दी गरेको बताएका छन्।

 

पछिल्लो समय शिक्षा क्षेत्र एवं भवन निर्माण गर्दा आर्थिक अनियमितता भएको भन्दै अध्यक्ष र विद्यालय प्रमुखले तत्काल राजीनामा दिनुपर्ने उनीहरुको माग छ।

 

तालाबन्दीका कारण आज देखि शुरु भएको कक्षा ११ को परीक्षा प्रभावित हुने भएको छ।

 

आफ्ना बालबालिकाहरूको पढाइमा प्रभाव पर्ने भन्दै त्यहाँका अभिभावकहरुले विद्यालय र संगठनको ध्यानाकर्षण गराएका छन्।