ललितपुर ६,पुस । एमाले माओवादी निकट विद्यार्थी संगठनले बिहीबार महाङ्काल माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
दक्षिण ललितपुरको महांकाल गाँउपालिका वडा नम्बर ३ मा अवस्थित विद्यालयमा उनीहरुले विभिन्न माग राखी तालाबन्दी गरेका हुन्।
उनीहरुले आज ज्ञापनपत्र बुझाउँदै विद्यालयका प्रधानाध्यापक केशव घिमिरेको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै तीनभित्र तत्काल राजीनामा नदिए अझ सङ्घर्षका कार्यक्रम अगाडि बढाउने भन्दै संगठनले तालाबन्दी गरेको बताएका छन्।
पछिल्लो समय शिक्षा क्षेत्र एवं भवन निर्माण गर्दा आर्थिक अनियमितता भएको भन्दै अध्यक्ष र विद्यालय प्रमुखले तत्काल राजीनामा दिनुपर्ने उनीहरुको माग छ।
तालाबन्दीका कारण आज देखि शुरु भएको कक्षा ११ को परीक्षा प्रभावित हुने भएको छ।
आफ्ना बालबालिकाहरूको पढाइमा प्रभाव पर्ने भन्दै त्यहाँका अभिभावकहरुले विद्यालय र संगठनको ध्यानाकर्षण गराएका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ