सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ११ माघ २०७८ / Tuesday, 25 January 2022

राष्ट्रिय हितको मुद्दा सबै दल मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री



प्रकाशित समय: बुधवार, ०४ : २७ बजे मंसिर १५ गते



राष्ट्रिय हितको मुद्दा सबै दल मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १५ मंसिर।प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् । 

 

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।तीन दलमा विभाजित राप्रपा एक भएर एकता महाधिवेशन गरेकोमा धन्यवाद दिएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले थोरै दल हुनु पनि मुलुकका हित रहेको बताए । 

 

राप्रपाको महाधिवेशनलाई उनले सफलताको कामना पनि गरे ।