सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ११ माघ २०७८ / Tuesday, 25 January 2022

थप ३१६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु



प्रकाशित समय: बुधवार, ०५ : ०८ बजे मंसिर १५ गते



थप ३१६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, १५ मङ्सिर।नेपालमा बुधबार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १० हजार ९ सय १९ पिसिआर परिक्षणका क्रममा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार १ सय ८० पुगेको छ ।

 

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।त्यस्तै थप २ सय ५९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ३ हजार १ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।