ललितपुर,ललितपुरको गोदावरी नगरपालिकाले एकजना डाक्टर र एकजना इन्जिनियरलाई निःशुल्क पढाउने भएको छ।
नगरपालिकाको एघारौं नगरसभा समक्ष पेश गरिएको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ।
नगरपालिकाभित्र स्थायी बसोबास गर्ने दलित तथा विपन्न १ जना विद्यार्थीलाई एमबिबिएस र १ जना विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाभित्र रहेका १४ वटा वडा मध्येबाट प्रत्येक वर्ष एकजना डाक्टर र एकजना इन्जिनियरलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए।
नगरप्रमुख महर्जनका अनुसार शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिई नीति तथा कार्यक्रम तयार पारेको उल्लेख गरे।
त्यस्तै स्नातक तहसम्म अध्ययन गर्ने ५० जना दलित, अल्पसंख्यक तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
नगरपालिका भित्र शिक्षा क्षेत्रलाई अझ गुणस्तरीय एवम् नतिजा उन्मुख बनाउने उद्देश्यले दीर्घकालीन सोचका साथ यी कार्यक्रम अगाडि बढाइएको सामाजिक विकास शाखाका प्रमुख एवं वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपानेले बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ