ललितपुर,ललितपुर महानगरपालिकाले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (इसईई) मा स्तरीय अङ्क प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आज संयुक्त रुपमा शैक्षिक क्षेत्रलाई थप बढवा दिन उक्त कार्यक्रम आयोजना गर्नुभयो ।
कार्यक्रममा सो क्षेत्रमा सर्बोत्कृष्ट अङ्क सहित ४ जिपीए प्राप्त गर्न सफल त्रि–पद्य विद्याश्रम माध्यामिक विद्यालयका छात्रा सुजाता ठाकुर तथा सेन्ट मेरिज स्कुलकी छात्रा सम्वृद्धि मैनाली एवं जेम्स स्कुलकी छात्रा उन्नती निरौला र छात्र आशिष श्रेष्ठलाई प्रत्येक व्यक्ति नगद रु एक लाख सहित सम्मानका साथै पुरस्कार वितरण गरिएको छ ।
यसैगरी उक्त कार्यक्रममा लपु महानगरपालिकाले स्तरीय अङ्क सहित सो जिपीए प्राप्त गर्न सफल भएका विद्यालयका प्रधानाध्यापकहरुलाई समेत प्रशंसा पत्र सहित प्रत्येक विद्यालय रु दुई लाखको चेक प्रदान गरेको छ ।
उक्त अवसरमा प्रमुख महर्जनले मुलुकभरका कूल ४२ विद्यार्थीले सो बराबरको अङ्क प्राप्त गर्न सफल भएको धारणा राख्दै ललितपुरका ४ विद्यार्थीले सो तवरको नतिजा हासिल गर्न सफल भएकोमा महानरपालिका परिवार ज्यादै खुशी भएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “अगामि वर्ष पनि यस सम्मानलाई हामी निरन्तरता दिँदै पुरस्कार राशी भने बढाउँदै लाने भएका छौँ ।” सो अवसरमा महर्जनले आफू विद्यार्थी हुँदा सदैव उत्कृष्ठ नतिजा सहित उतिर्ण हुने गरेको जानकारी गराउँदै शिक्षामा अब्बल व्यक्तिको सदैव महानगरपालिकाले उच्च कदर गर्ने जिकीर गर्नुभयो ।
त्यसैगरी उपप्रमुख बज्राचार्यले सो किसिमको नतिजा हासिल गर्न मात्रै विद्यार्थीको मेहेन्त नभएर अभिभावक तथा विद्यालयको समेत विशेष भूमिका रहने बताउँदै सदैव सो विद्यालयहरुले उक्त तवरको उत्कृष्ठता हासिल गर्ने अपेच्चा बोकेको सुनाउनुभयो ।
सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्त, लपु महानगरपालिका केही वडाध्यक्ष सहित विद्यार्थीका अभिभावक एवं शिक्षक लगाएतका केही व्यक्तिको उपस्थिती रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ