सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १८ मंसिर २०८० / Monday, 04 December 2023

झापा ५ बाट दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित



प्रकाशित समय: बुधवार, ०८ : ३७ बजे मंसिर ७ गते



झापा ५ बाट दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित

दमक, ७ मंसिर।पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । २८ हजार ५७६ मतान्तरले ओली विजयी भएका हुन् ।

 

एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे ।गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरे ।