काठमाडौँ । नेपाली मूलकी परिजिता बास्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुङ्गिएको छ । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए ।
सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चार जना प्रतियोगीलाई जजले ‘स्ट्यान्ड सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए ।
परिजिताले आकर्षक गीत गाइन् तर कम भोटको आधारमा उनी बाहिरिनुपर्यो । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँच अर्थात् पाँचमा प्रवेश गरे । यी पाँचमध्ये एकले द भ्वाइसको उपाधि जित्नेछन् ।
परिजितालाई नेपाली मूलका कलाकार र समुदायले भोट दिन आग्रह गर्दै अभियान चलाएका थिए । कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरेकी परिजिताको गायकीको प्रशंसा भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ