काठमाडौं । किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहीबार कागजी सम्झौता गरेको हो ।
सिमोस सुनवारले निर्देशन गर्ने फिल्ममा अन्य कलाकार भने फाइनल भइसकेको छैन । प्रदीप भारद्वाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् ।
दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । फिल्मको छायांकन चैतबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ