सुर्खेत, १५ पुस नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान पु¥याएको जनाएको छ । एशोसिएशनको वीरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
दुग्ध उद्योगले सरकारलाई वार्षिक रु एक अर्ब राजश्व बुझाउँछ । दैनिक रु तीन करोड बराबरको दुग्ध उत्पादन गाउँबाट शहर प्रवाह भइरहेको एशोसिएशनले जनाएको छ । नेपालमा हाल ५० लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये कृषक स्वयंले ५० प्रतिशत दूध उपभोग गर्ने गरेका छन् ।
कूल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान पु¥याएको क्षेत्रलाई समेत राज्यले उपेक्षामै राखेको दुग्ध व्यवसायीको गुनासो छ । “दुग्ध उद्योगमा पाँच लाख कृषक परिवार रोजगारीमा आबद्ध हुनुहुन्छ, ३० हजार बढीले उद्योगमै प्रत्यक्ष रोजगारी पाएको अवस्था छ”, एशोसिएशनका महासचिव प्रल्हाद दाहालले भन्नुभयो, “सरकारले दिँदै आएको ५० प्रतिशत भ्याट छुट पनि हटाएको छ, जसले गर्दा आयातित दुग्ध पदार्थसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।”
कर्णाली प्रदेशमा भने दुग्ध क्षेत्रको अवस्था निकै कमजोर रहेको जनाइएको छ । यहाँका दुग्ध उद्योगले दैनिक एक लाख लिटर दूध उत्पादन गर्दै आएका छन् । दुग्धजन्य घरेलु उद्योग १५० र डेरी काउन्टर २०० रहेको एशोसिएशनको तथ्याङ्क छ ।
कर्णालीमा दैनिक दुई लाख लिटर दूध कृषकले घरमै खपत गर्ने गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल