काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान (भोल) शुक्रबारबाट हुने भएको छ ।
सरकारी वकिल कार्यालयले बुधबार अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोजनपत्र दर्ता गरेको थियो ।पक्राउ परेका १६ जनासहित ३० जनाविरुद्ध जिल्ला अदालतमा दर्ता भएको मुद्धामा शुक्रबारबाट बयान सुरु हुने जनाइएको छ ।सबै जनाको बयान सकिन कम्तिमा एक साता लाग्ने बताइएको छ । बयान सकिइसकेपछि मात्रै थुनचेक बहस हुने भएकाले पक्राउ परेका अभियुक्तहरुले अझै एक साता बढि प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत १६ जना प्रहरी हिरासतमा छन् ।
बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल