सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १४ फाल्गुन २०८० / Monday, 26 February 2024

नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने



प्रकाशित समय: शुक्रवार, ०९ : २१ बजे जेठ १२ गते



नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आज देखी अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरुको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।

सो प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्तकाालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेनता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो । 

गत सोमवार प्रहरीले आफनो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्धा दर्ता गरेको थियो । राज्य बिरुद्धको अपराध, संगठित अपराध, कीर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्धा दर्ता गराएको पर्सिपल्ट अर्थात आज शुक्रवारवाट अदालत बयान लिन लागिएको हो ।