सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ५ मंसिर २०७६ / Thursday, 21 November 2019

इच्छाकामना गाउँपालिकाले दियो दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान


प्रकाशित समय: शुक्रवार, १० : १३ बजे श्रावण ३ गते



इच्छाकामना गाउँपालिकाले दियो दुहुना भैँसी पाल्ने किसानलाई  एक लाख अनुदान

 मुग्लिन-: चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ ।

 

बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

 

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

 

साथैँ गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही रु एक लाखका दरले अनुदान हस्तान्तरण गरेको छ । गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० लाई जनही  २५ हजार, व्याड बोकाका लागि २० लाई जनही  ४० हजार र बङ्गुरपालनतर्फ दुई किसानलाई पनि जनही  २५ हजारको चेक हस्तान्तरण गरिएको थियो ।

 

गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् ।

 

अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।