सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १६ चैत्र २०८० / Friday, 29 March 2024

नेपालमा अल्जाइमर्सका बिरामी बढ्दै 



प्रकाशित समय: बिहिवार, १० : ५७ बजे आश्विन ७ गते



नेपालमा अल्जाइमर्सका बिरामी बढ्दै 

काठमाडौं । नेपालमा स्मरणशक्ति हराउने अर्थात् अल्जाइमर्स रोगका बिरामीहरूको सङ्ख्या बढ्न थालेको छ । सेप्टेम्बर महिनाभरी अल्जाइमर्स महिना मनाइरहँदा सरकारले अबको ३० वर्षमा नेपालमा अल्जाइमर्स रोगका बिरामीको सङ्ख्या २ लाख पुग्ने बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सन् २०१५ मा ८० वर्षभन्दा माथिका ७५ हजारमा यो रोग देखिएकोमा पछिल्लो समय यो सङ्ख्या बढ्दै गएको हो । 
हाल देशभरका ८० वर्षभन्दा माथिका ४० प्रतिशत नागरिक अल्जामाइर्सका प्रभावित रहेका छन् । विशेषगरी उमेर बढ्दै गर्दा देखिने यो रोगबाट जोगिन बानी व्यवहारमा परिवर्तन ल्याउनुपर्ने विशेषज्ञहरुले बताएका छन् ।