सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ३ मंसिर २०७६ / Tuesday, 19 November 2019

ओपीएस क्विज कन्टेस्टमा वृहस्पति प्रथम


प्रकाशित समय: आइतवार, ०४ : ५१ बजे भदौ १ गते



ओपीएस क्विज कन्टेस्टमा वृहस्पति प्रथम

काठमाडौं : ओपीएस इन्टर स्कुल फ्रेन्डसिप क्विज कन्टेस्ट २०७६ मा वृहस्पति विद्या सदन प्रथम भएको छ ।  उपत्यकाका जम्मा २१ वटा विद्यालयहरुले सहभागिता जनाएको कार्यक्रममा लोक सेवा आयोगको परीक्षाको शैलीमा प्रथम पटक प्रतिस्पर्धा गराइएको थियो। उक्त छनोटमा परेका उत्कृष्ट आठ टिम बिच दोस्रो चरणको प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगिता अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौँले आयोजना गरेको हो । हाजिरी जवाफ प्रतियोगितामा विजेता विद्यालयहरु क्रमश प्रथम वृहस्पति विद्या सदन  २० हजार नगद, ह्विज किड्स मावि दित्तीय  १० हजार नगद, केएमसी मावि तृतीय  ८ हजार नगद र सान्त्वना व्राइट फ्युचर स्कुलले रु दुई हजार नगद सहित शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका थिए।