सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

चीनको हेनान प्रान्तमा दश लाख भन्दा बढी गरीबी रेखा भन्दामाथि

प्रकाशित समय: बुधवार, ०४ : ४९ बजे माघ २ गते



चीनको हेनान प्रान्तमा दश लाख भन्दा बढी गरीबी रेखा भन्दामाथि

झुङ्जोउ, चीन   मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेका बताइएको छ । 

 

सन् २०१७ मा गरीबीको कुलगणना मध्ये २.५७ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको थियो । यस वर्ष १.२१ प्रतिशत गरीबीको रेखाबाट माथि उठेको बताइएको हो ।

 

हेनान प्रान्तको गरीबी न्युनिकरण र विकाश कार्यालयका प्रमुखका अनुसार हेनान प्रान्तमा स्वास्थ्य सेवा, शिक्षालगायतका सार्वजनिक सेवामा बृद्धि गरिने प्रतिवद्धता समेत गरिएको थियो ।

 

सन् २०१८ को अन्त्यसम्ममा अझै पनि १० लाख व्यक्ति गरीबीको रेखा मुनि रहेका छन् । सन् २०२० सम्म गरीबीको रेखामुनिका सवै व्यक्ति यस स्तरबाट उठाउने चीनको उद्देश्य रहेको छ । (रासस÷सिन्ह्वा)