भियना, अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म सवै भन्दा पछाडी मृत्यु हुनेमा ५४ र ५८ बर्षका दुई जना पुरुष रहेका छन् ।
लिलिन्फेल्ड जिल्लामा केहीदिन देखि हिउमा बेपत्ता भएका मध्ये दुई जनाको शव भेटिएको हो । उनीहरु यही जनवरी ५ देखि बेपत्ता भएका थिए । त्यसैगरी अर्का एक जना गत शनिबारदेखि बेपत्ता भएका थिए । उनको शव बुधबार भेटिएको थियो ।
समाचारमा जनाइए अनुसार लिच भन्ने ठाँउमा २८ बर्षिय एक जर्मन नागरिकको शनिबार मृत्यु भएको थियो । त्यसैगरी अरु तीन जना जर्मन नागरिक पनि आईतबार मृत अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् ।
खराब मौसमी अवस्थाका कारण हिमपात भइरहेकाले बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा कठिनाई भएको उद्धारकर्मीहरुको भनाई छ । (रासस÷सिन्ह्वा)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ