थाइल्याण्ड, इन्डोनेसियालाई ९२ रनले हराउँदै थाइल्याण्डमा जारी टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको नेपाल फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो ।
नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्याए । व्यक्तिगततर्फ सीताले अर्धशतक बनाउन दुई रनले चुकिन् ।
उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् । जवाफमा नेपालको कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो ।
उसका कुनै पनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । उसले मात्र ११ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने ३२ रन बनाउँदा ७ विकेट खेर फाल्यो । इन्डोनेसियाकी युलियाले सर्वाधिक १३ रन बनाइन् ।
त्यसपछि इन्डोनेसियाले अरु १६ रन जोड्दा सबै विकेट गुमायो । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् । अरु खेलाडीले पनि दोहोरो अंक जोड्न सकेनन् ।
नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन् भने दुई खेलाडीलाई रन आउट गरिन् । यस्तै, कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ