सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २६ बैशाख २०८३ / Saturday, 09 May 2026

कारखाना बन्द भएपछि विस्थापित रोजीरोटी विहिन

प्रकाशित समय: बुधवार, ०६ : १२ बजे बैशाख २० गते



कारखाना बन्द भएपछि विस्थापित रोजीरोटी विहिन

सिन्धुपाल्चोक, २० वैशाख
सेलाङस्थित शिविरमा रहेको गलै“चा कारखाना बन्द भएपछि विस्थापित परिवारले रोजीरोटी गुमाएका छन् । भवन जिर्ण हुद“ा कारखाना ठप्प भएकाले उनीहरु आयस्रोत विहिन भएका हुन् ।
कारखाना ठप्प भएपछि सेलाङ ७ कालिन्चेकी सिर्जना तामाङको परिवारको आय स्रोत गुमेको छ । बास खोज्दै बाँसखर्क आएर बसेको उनको परिवारको जिविकोपार्जन गल“ैचा बुनेर चलेको थियो । ‘घर धान्न कठिन भो, गलै“चा बुनेर बा“चेका थियौ,’ सिर्जनाले पीडा सुनाइन,‘ कारखाना बन्ने छा“ट देखिदैन, कसरी कटाउने हो दैनिकी ।’ उनले कारखाना क्षतिग्रस्त भएको महिनादिन पुगिसक्दा पनि पुनर्निर्माण नहु“दा घर चलाउन मूस्किल भएको बताइन् ।
विदेशीको प्राविधिक सहयोगमा सूदूरपश्चिमकी एक युवतीले सुरु गरेकी खुशी कार्पेट्स प्रा लि नामक गलै“चा कारखानाको भवन जिर्ण हुँदा ठप्प भएको महिनादिन बितिसकेको अगुवा तोपबहादुर लामाले बताए  । ‘महिनौं भयो कारखाना खुलेन, सामान सबै थन्किएका छन्,’ लामाले भने, ‘कारखानाका मान्छे आएनन्, कहिले पो बनाउने हुन् ।’
भूकम्पपछि आफू बसेको गाउ“ पहिरोको जोखिममा परेपछि सेलाङस्थित बाँसखर्क, खरीगाउ“, काफ्लेगाउ“मा आएर बसेका  तीनसय परिवारको कारखानामा गलै“चा बुन्ने काम गर्जो टार्ने माध्यम बनेको थियो । अहिले कारखाना बन्द भएपछि सबै विस्थापित के गर्ने अन्योलमा छन् ।
‘कारखाना चलाउन हाम्रो आर्थिक हैसियतले पुग्दैन,’ बोल्देगाउ“बाट आएकी माइली गोलेले भनिन्, ‘प्रति गलै“चा बराबर सात देखि आठ हजारसम्म पारिश्रमिक कमाइन्थ्यो ।’ उनले गलै“चा बुनेर खर्च गरेर बा“की भएको रकम बचत गरेर गल“ैचा बुन्ने मेसिन किन्ने योजनामा थिइन् । कारखाना ठप्प भएपछि गोलेको परिवारलाई घरको जोहो गर्न समेत मूस्किल भएको छ ।
‘सबै सपना चकानचुर भयो, के के गरौला भन्ने सोचेका थियौ,’ कारखानाको हेरचाह गरिरहेकी रानीमाया गुरुङले भनिन्, ‘हामी सबैको  प्रमुख आय स्रोत गुम्यो ।’ उनीले विस्थापीत शिविरका महिलाले गल“ैचा बुनेर बचत  गरेको रकमले मेसिन किन्ने योजनामा रहेको थिइन् । एकैपल्ट गलै“चा बन्द भएपछि उनको सपना भाताभुङ्घ भएको छ । उनले कारखाना बन्द भएपछि विस्थापीत शिविरमा निराशा छाएको बताइन् । ‘गल“ैचा बुन्न त नपाइने भो, कह“ाबाट मेसिन किन्नु र, ’ उनले भनिन्,‘ सात दिन लगाएर भनेपनि सात हजार रकम पाइन्थ्यो , अब त्यो अवस्था रहेन ।’
विस्थापित परिवारको चा“डै गलैंचा कारखाना पुनर्निर्माण होला  र फेरि रोजगारी पाइएला भन्ने आशा रहेको उनले बताइन् । कारखानामा एकसय बीस विस्थापित महिलाले रोजगारी पाइरहेका थिए । कारखाना नबन्नाले विस्थापित महिलाको हाते गलै“चा बुन्ने सिप मर्दै गएको उनको भनाइ छ । ‘कारखाना बने हामीलाई बा“च्न सजिलो हुने थियो,’ उनले भनिन्, ‘छोराछोरी पढाउन र घर चलाउन गलै“चा बुनेर धानेकी थिए, गलैचा कारखाना नबने हाम्रो जिविका चलाउने आधार छैन ।