सिन्धुपाल्चोक, क्षेत्र नम्बर १ स्तरीय तेस्रो फुल्पिङ्ककोट कप भलिबल प्रतियोगिताको उपाधि आयोजक गतिशील युबासमुह टिम ए ले जितेको छ ।
उपाधि जिते संगै उसले नगद २५ हजार , मेडल र ट्रफी प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा डि फोकस युवा क्लव वलेफी दोश्रो तथा वनकालि युवा क्लव तृतीय भएका छन् । दोश्रो टिमले नगद १५ हजार तथा तेसा्रेले १० हजार सहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।
विजेता टिमलाई गाउपालिका अध्यक्ष केदार क्षेत्री तथा वलेफी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छविलाल न्यौपानेले पुरस्कार वितरण गर्नुभएको हो । उहाहरुले कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाभित्र खेलकुद क्षेत्रलाई अगाडि बडाउन आवस्यक निति बनाउने बताउनुभयो ।
प्रतियोगितामा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट ८ टिम सहभागि भएको गतिशिल युवा समुहका अध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो । समुहका सल्लाहकार श्रीधर न्यौपानेले आगामि वर्षपनि खेल क्षेत्रको विकासका लागि स्थानिय स्तरमा खेल कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउने बताउनुभयो । .
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ